बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २८ गते

१३ वर्षीया बालिकालाई भदौ १० गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा-३ का ४५ वर्षीय घेमा भनिने रामचन्द्र सदायलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ २७ गते गिरफ्तार गरेको छ ।

स्थानीयहरूले गाउँमै मिलाउने प्रयास गर्दा उजुरी दिन ढिला भएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । भदौ २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २७ गते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।


दुर्गा परियार