बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १५ वर्षीय बालकलाई भदौ २६ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको छ ।

पीडितकी आमाले दिएको उजुरी दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

घाँस काट्न गएको बेला आरोपितले भदौ २२ गते बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २३ गते स्वास्थ्य परीक्षण भएको छ । आरोपितले भने पीडितले नै बोलाएर आएको बताएका छन् ।


मनोहरकुमार पोखरेल