बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाललाई प्रहरीले ०७७ भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारले भदौ २६ गते आरोपित विरुद्ध उजुरी दिएपछि गिरफ्तार गरी जबरजस्ती करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
पीडितलाई ललाई फकाई घरमा बोलाएर पटक/पटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
बालिकाको धादिङ अस्पतालमा भदौ २६ गते स्वास्थ्य परीक्षण गरिएको छ । बालिकालाई महिला सुरक्षा घर (सेफ हाउस) मा पठाइएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…