बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २५ गते

२१ वर्षीया युवतीलाई भदौ २४ गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला भिमदत्त नपा—९ घर भई धनगढी उमनपा—४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एण्ड बारका सञ्चालक २० वर्षीय सन्जु पाल, डडेल्धुरा जिल्ला अमरगढी नपा—१ का २० वर्षीय हेमन्त दियाल, नवदुर्गा गाउँपालिका—२ का २४ वर्षीय दिपक भट्ट र अजयमेरु गाउँपालिका—१ का २१ वर्षीय टङ्क धामीलाई  भदौ २४ गते गिरफ्तार गरेको छ ।

होटेल सञ्चालक पालले भदौ २४ गते युवतीमाथि सामुहिक बलात्कार गर्न सहयोग गरेको र अन्य तीन जनाले सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते अस्थाई प्रहरी विट, चटकपुरमा उजुरी दिएको धनगढी उमनपा–४ का अध्यक्ष दिपक थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले आरोपितविरुद्ध उजुरी दिएपछि चारै जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय, कैलालीका एसपी अनुपमशमशेर जवराले इन्सेक प्रतिनिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।


मैनामोती चौधरी