बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ २५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २४ गते बकैया गाउँपालिका-७ का ३१ वर्षीय लालबहादुर थिङलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा हात्तीसुढे प्रहरी चौकीमा जेठ १९ गते उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा जेठ २४ गते गरिएको पनि प्रहरीले जनाएको छ ।

यसैगरी १८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा नगरपालिका-१० का राजेश रुम्बालाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोपमा जेठ २३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएपछि प्रहरीले आरोपित रुम्बालाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २४ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ  ।


प्रताप विष्ट