बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २५ गते

१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाउँपालिका–५ का २५ वर्षीय मनमोहनसिंह साउदलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित मनमोहनसिंह साउद लगायत पाँच जनाविरुद्ध भदौ २३ गते इलाका प्रहरी कार्यालय, बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितमध्येका मनमोहनसिंह साउदलाई  गिरफतार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले आरोपितमध्येका साउदलाई गिरपफ्तार गरी अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरुको खोजी कार्य भइरहेको इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

पीडित बालिकालाई आरोपितहरुले लागुऔषध खुवाएर पाँच दिनसम्म बलात्कार गरेको पीडितका मामाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते महाकाली अस्पतालमा गरिएको प्रहरीले जनायो ।


कोमलनिरन्जन भाट