बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ३ गते

४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पुरुषलाई साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितले  साउन २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा  गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।


जयनारायण पुन