बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २४ गते

६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरालाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ ७ गते ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बलात्कार पछि फरार भएका आरोपितलाई इलाम नगरपालिका–५ बरबोटेबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा भदौ २४ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ८ गते गरिएको छ ।


कोकिला ढकाल