बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार ३१ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का २० वर्षीय लक्ष्मण खत्रीलाई  इलाका प्रहरी कार्यालय मिर्चैयाले असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित पक्षका अनुसार आरोपितले बालिकालाई असार २७, २८ र २९ गते राति पीडितकै कोठामा बलात्कार गरेको आरोप छ ।

असार २९ गते राति बालिका रोइरहेको सुनेर हजुरआमाले सोधपुछ गर्दा घटना बारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ३० गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडितकी हजुरआमाले बताउनु भयो ।

घटनाको जानकारी हुनासाथ आरोपित खत्रीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ३० गते भएको छ ।


दुर्गा परियार