बलात्कार घटनाका आरोपित गिरफ्तार

   ०७७ भदौ २४ गते

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले डर, धाकधम्की तथा प्रलोभन देखाइ विगत चार वर्षदेखि र पछिल्लो पटक ०७६ मङ्सिर १४ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरूद्ध भदौ २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभयो ।

यसका साथै आरोपितविरूद्ध एक ३१ वर्षीया महिलाले पनि आफूलाई आरोपितले जागिरको प्रलोभन देखाइ लामो समय देखि पटकपटक बलात्कार गर्दै आएको भनी भदौ २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितहरूलाई आरोपितले जागिर जाने डर देखाउने र घम्काउने गरेकोले घटना हालसम्म बाहिर नआएको पीडितहरूले बताएका छन् ।

दुवै पीडितको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरूद्ध प्रहरीले करणी कसुर अन्तरगत मुद्दामा अनुसन्धान अगाडी बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण भदौ २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


सुशन घिमिरे