बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २९ गते

तीन वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय नातेदारलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितकी  आमाले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको सई मोतीबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  असार २७ गते  जिल्ला अस्पतालमा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना