बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २८ गते

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार १६ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ पुस २६ गते बलात्कार गरेका कारण गर्भ रहेको भन्दै पीडितपक्षले असार २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इप्रका तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

बालिका गर्भवति रहेका कारण स्वास्थ्य जोखिममा रहेकोले समस्या परेको पीडितपक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ  ।

यसैगरी ३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–५ का २१ वर्षीय तुफान विकलाई असार २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले असार २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ  ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–२ का २६ वर्षीय जय श्री बढई र सोही ठाउँका  २४ वर्षीय मनोज चौधरीलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले असार २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले असार २५ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर हुमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज