बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका– ८ का ३६ वर्षीय भोजकुमार लिम्बूलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पतालमा गरिएको छ ।


जयकृष्ण यादव