बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १५ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जा मिरुवा गाउँपालिका–७ घर भइ पोखरा मनपा–१० रामबजार बस्ने ५५ वर्षीय रेस बहादुर गुरुङलाई प्रहरीले भदौ १४ गते राति स्याङ्जाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा भदौ १२ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले बताउनुभयो ।

घटनापछि फरार रहेका आरोपित स्याङ्जा रहेको थाहा पाएपछि, जिल्ला प्रहरी कार्यालय कास्कीको टोली नै स्याङजा पुगेर आरोपितलाई गिरफ्तार गरी कास्की ल्याएको थियो।

आरोपितविरुद्ध जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी सुवास हमालले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १२ गते गरिएको छ ।


सुशन घिमिरे