बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले धौलागिरी गाउँपालिका–४ मुदीका ३४ वर्षीय केशब घर्तीलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ जेठ १६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७७ भदौ ९ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन ।
पीडितले घटनाको बारेमा कसैलाई नबताएको र पछि स्वास्थ्य समस्या देखा परेपछि पीडितले स्वास्थ्य परीक्षण गराउँदा उनको गर्भ रहेको पत्ता लागेपछि घटना बाहिर आएको पीडितकी आमाले बताउनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव प्रसाद शर्माले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायधिवक्ता प्रकाश कोइरालाका अनुसार आरोपितविरुद्ध भदौ १२ गते जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गराइ अनुसन्धान अगाडी बढाइएको छ ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते बेनी अस्पताल गरिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।
अमृत बास्कुने
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…