बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २१ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा– १६ का १८ वर्षीय महेन्द्र खडकालाई असार २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर ०७६ पुस १० गते लगेको र  पाँच महिना घरमा राखेर यौन शोषण गरी वैशाख १९ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले असार १९ गते  इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो । इन्स्पेक्टर पालले बलात्कार सम्बन्धी मुद्दा दर्ता गरिएको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

“विवाह गर्छु भनेर भगाएर लग्यो, पाँच महिना यौन शोषण गरेर कुटपिट गरी घरबाट निकाल्यो, अहिलेसम्म घर फर्किने आशाले बसे । तर वास्ता गरेनन् ।,” इन्सेक प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा पीडितले भन्नु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार २० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन