बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिबराज नपा–८ का २१ वर्षीय सागिर अलि शेषलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३ गते मोबाइलको प्रलोभन देखाउदै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको थियो । घटना पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।


पार्बती आचार्य