बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २१ गते

११ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय दाजुलाई असार २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर मिलनसिंह बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना