बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय नातेदारलाई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असार १५ गते बलात्कार गरेको भन्दै आमाले असार १७ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको पीडितले  इन्सेक प्रतिनिधिसँगको प्रत्यक्ष भेटमा बताउनु भयो ।

आरोपितलाई  गिरफ्तार गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय, कोहलपुरका सई रणधिर जैसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण असार १७ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्ट व्यवस्थापन केन्द्रकी स्टाफ नर्श कविता पौडेलले बताउनु भयो ।


स्मृति देवकोटा