बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–६ कोटका ४३ वर्षीय हिमालधन राइलाई असार १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई ०७६ पुस २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असार १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १६ गते गरिएको छ ।


गणेश विष्ट