बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १६ गते

१६ वर्षीया बालिकालार्ई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–४ का ५१ वर्षीय इन्द्रप्रसाद चापागाँइलाई असार १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले  आरोपितविरूद्ध असार १६ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर कैलाश चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते मेची अस्पतालमा गरिएको छ ।


नरेश खाती