बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय नातेदारलाई असार १३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

पीडित बालिकालाई आरोपितले गत वैशाखदेखि नै विभिन्न डरत्रास देखाइ पटक पटक बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा असार १३ गते गरिएको अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले बताउनुभयो ।


मिना बुढाथोकी