बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १५ गते

१७ वर्षीया बालिकालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ बसौटीका २० वर्षीय उमेश कठरियालाई असार १४ गते गिरफ्तार गरेको छ ।

आफूलाई कुटपिट गरिएको भन्दै पीडित बालिकाविरुद्ध आरोपित कठरियाले असार १३ गते इलाका प्रहरी कार्यालय, मसुरियामा उजुरी दिन गएपछि घटना सार्वजनिक भएको हो ।

आरोपित कठरियाले प्रहरीमा उजुरी दिएपछि बलात्कार गरेका कारण कठरियालाई कुटपिट गरेको पीडित बालिकाले बताएपछि असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा कठरियाविरुद्ध उजुरी दिएको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो  ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।


मैनामोती चौधरी