बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १५ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १८  वर्षीय नातेदारलाई असार १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १४ गते  बलात्कार गरेको भन्दै पीडितका बुवाले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी दिदीले इन्सेक प्रतिनिधिसँगको प्रत्यक्ष भेटमा बताउनु भयो ।

पीडितपक्षले असार १४ गते घटनाको जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधि सँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित र आरोपितको स्वास्थ्य परीक्षण असार १४ गते भेरी अस्पताल नेपालगञ्ज गरिएको र पीडितको थप उपचार पछि असार १५ गते घर पठाइएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी फोकल पर्सन कविता पौडेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।


स्मृति देवकोटा