बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १२ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र सोही ठाँउका ३० वर्षीय कमल रेग्मीलाई  असार १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै  पीडितपक्षले असार १२ गते इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  दिनेश गुरूङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार १२ गते रुकुम पश्चिम, जिल्ला अस्पताल, सल्लेमा गरिएको छ ।


जयमान बुढा मगर