बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार ८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका –६ घुस्कीका २२ वर्षीय जमिल मियाँलाई असार ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको सई बिनु बस्नेतले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ७ गते गरिएको छ ।


जयकृष्ण यादव