बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार ७ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका४ का ३२ वर्षीय रविन जिसीलाई असार ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १६ गते जलजला गाउँपालिका७ धाइरिङमा बलात्कार गरेको आरोप पीडितले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

 पीडितले इन्सेक प्रतिनिधिसँग भएको फोन सम्पर्कमा आरोपितले आफूलाई बलात्कार गरेर सामाजिक रूपमा असह्य हुने गरी हिंसात्मक तवरबाट प्रचारबाजी गरेकाले उजुरी दिएको बताउनुभयो ।

आरोपितलाई असार ७ गते दिउँसो सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालतमा म्याद थप्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।

 पीडितको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पताल पर्वतमा गरिएको हो ।


सन्तोष थापा