बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १ गते

३१ वर्षीया महिलालाई जेठ ३१ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–१  का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र  १८ वर्षीय सर्जन बिकलाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ स्थित शहिद स्मृति माविको क्वारेण्टाइनमा नै आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै  पीडित महिलाले जेठ ३२ गते उजुरी दिनु भएको थियो ।

प्रहरीका उजुरी आएपछि आरोपितहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय,कैलालीमा पठाएको इलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर ज्ञानेन्द्र चन्दले बताउनु भयो ।

असार १ गते जिल्ला अदालतबाट म्याद थप गरी आरोपितहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा जेठ ३२ गते गरिएको डिएसपी विष्टले बताउनु भयो।


मैनामोती चौधरी