बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ३२ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–५ अँधेरीका १९ वर्षीय प्रभाकर खड्कालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २२ गते दिउँसो गोठालो गएको समयमा बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभाकले दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते राती जिल्ला अस्पताल सल्यानमा गरिएको र स्वास्थ्यमा समस्या देखिएपछि एक रात अस्पतालमै भर्ना गरी जेठ ३२ गते डिस्चार्ज गरिएको प्रहरीले जनायो ।


मिना बुढाथोकी