बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २९ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैंडाकोट नपा –१० का २८ वर्षीय इन्द्र पन्तलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई जेठ २८ गते साँझ बलात्कार गरेको आरोपमा स्थानीयले आरोपितलाई नियन्त्रणमा लिएर प्रहरी चौकी बेल्हियामा बुझाएका थिए ।

पीडित पक्षले जेठ २९ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएको र आरोपितलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते भरतपुर जिल्ला अस्पताल, चितवनमा गरिएको इन्स्पेक्टर  थापाले बताउनुभयो ।


तिर्थराज डुम्रे