बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २४ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्सेबुङ गाउँपालिका–६ का वडा कार्यालयका प्राविधिक सहायक ५५ वर्षीय काजीमान राइलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी हिराबहादुर पाण्डेले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ११ गते गरिएको छ ।


कोकिला ढकाल