बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २४ गते

१६ वर्षीया बालिकालाई शरिर बन्धक बनाएर बलात्कार गरेको आरोपमा  प्रहरीले माहाराजगञ्ज नपा–९ का २४ वर्षीय अब्दुल हकिम दर्जीलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले ०७६ माघ २७ गते देखि भारतको सिद्धार्थ नगरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।

घटनामा सङ्लग्न रहेको आरोपमा कपिलवस्तु नपा– ८ दोहनीका ४५ वर्षीय मजिबुल रहमान दर्जी र सोही ठाउँका २२ वर्षीय अब्दुल कहिम दर्जी फरार रहेको डिएसपी मल्लले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पाल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।


पार्वती आचार्य