बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ११ गते

१५ वर्षीया वालिकालाई वलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ च्याङलीका १७ वर्षिय दिपेन्दू कुमाललाई प्रहरीले जेठ ११ गते गिरफतार गरेको छ ।

पीडितलाई आरोपिले ललाई फकाई वलात्कार गरेको भन्दै पीडित पक्षले जेष्ठ ९ गते उजुरी दिएको एसपी ओम अधिकारीले बताउनुभयो ।

पिडितको उजुरीका आधारमा आरोपितलाई जेष्ठ ११ गते गिरफतार गरी  जवरजस्ती करणी शीर्षकमा मुद्घा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते गोरखा अस्पतालमा भएको थियो ।


हरिराम उप्रेती