बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २१ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामलाई जेठ १८ गते गिरफतार गरेको छ ।

बालिकालाई आरोपित रामले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरे बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १८ गते भएको छ ।


दुर्गा परियार