बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ३२ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का २१  वर्षीय वीरयानसिंह तामाङलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३० गते गरिएको छ ।


गणेश विष्ट