बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १९ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–५ का ५५ वर्षीय डल्लु चौधरीलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

खेलीरहेकी बालिकालाई आरोपितले जेठ १६ गते ललाइ फकाइ  बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिनु भएको थियो । आरोपितलाई गिरफ्तार गरी कानुनि प्रक्रिया अगाडि बढाएको    इन्स्पेक्टर चक्रडम्वर पालले जानकारी बताउनु  भयो  ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन