बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १७ गते

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पटक–पकट बलात्कार गर्दै आएको र अन्तिम पटक जेठ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १६ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।


जयकृष्ण यादव