बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगञ्ज गाउँपालिका–३ का ६० वर्षीय गोविन्द दहाललाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ मङ्सिर १५ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १६ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर गणेश भट्टराईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ १६ गते गरिएको छ ।


नरेश खाती