बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन २० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय ठाकुरकान्त रानाभाटलाई जिल्ला प्रहरी कार्यालय गोरखाले साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १९ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोहि दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती