बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत उतर प्रदेश जिल्ला साहसपपुर घर भई मिर्चैया नगरपालिका–३ स्थित इटाभट्टामा काम गर्ने २० वर्षीय पिन्टु भनिने रवि प्रकाश वर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपित वर्माले बालिकालाई वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ८ गते ईलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ८ गते भएको थियो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भयो ।


दुर्गा परियार