बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १० गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१३ का ३५ वर्षीय श्री सुब्बालाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।


जयकृष्ण यादव