बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–९ का १९ वर्षीय उमेश ठटाललाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय धरानमा जेठ ८ गते उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा गरिएको छ ।


जयकृष्ण यादव