बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ८ गते बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका २० वर्षीय पूर्णलाल विकलाई गिरफ्तार गरेको छ ।

ज्यान मार्ने धम्की दिएर पीडितलाई जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्स्पेक्टर हेम केसीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ८ गते धौलागिरी अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


सिर्जना पन्त