बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २९ गते

१५ वर्षीया बालिकालाई जेठ २८ गते राति बेलौरी नगरपालिका – ७ पौलाहाका २५ वर्षीय वीरु चौधरीले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ  ।

बालिकालाई घरमै आएर बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जेठ २९ गते प्रहरीका उजुरी दिएपछि आरोपित चौधरीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर चन्दले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागी जेठ २९ गते सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय,बेलौरीका इन्स्पेक्टर चन्दले बताउनु भयो ।


कोमलनिरन्जन भाट