बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  विराटनगर महानगरपालिका–४ इक्राहीका २४ वर्षीय वीरेन गडेरीलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ३ गते बलात्कार गरेको आरोपमा स्थानीयले प्रहरीलाई जानकारी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

पीडित बालिकासँगै रहेकी अर्की साथीले आरोपितले बलात्कार गरेको स्थानीयलाई जानकारी गराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ३ गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी