बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ३ गते

२२ वर्षीया महिलालाई गत असोज महिनामा लेकम गाउँपालिका ३१ वर्षीय जेठाजुले बलात्कार गरेको आरोपमा ०७७ जेठ १ गते प्रहरीले गिफ्तार गरेको छ ।

आफूमाथि गत असोज महिनामा बलात्कार भएको भन्दै पीडित महिलाले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताउनु भयो ।

आरोपितविरुद्ध जबर्जस्तीकरणी अन्तर्गत जेठ २ गते जिल्ला अदालतमा मुद्दा दर्ता समेत गरिएको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको प्रहरीले जनाएको छ ।

 


नरेन्द्रसिह कार्की