बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–११ का १९ वर्षीय अजय चौधरीलाई जेठ १ गते  घरबाट  गिरफ्तार गरेको छ ।

बालिकालाई वैशाख ३१ गते आरोपितले बलात्कार गरेको भन्दै  पीडितले जेठ १ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको  इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

 

 


रीमा बिसी