बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बूलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले छिमेकी १५ वर्षीया बालिकालाई ललाइफकाई घरमा ल्याएर वैशाख ३१ गते बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्टर सुवास राईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ १ गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी