बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख ३१ गते

१२ वर्षीय बालिका बलात्कारको आरोपमा नौमूले गाउँपालिका–६ नाउलीका १६ वर्षीय बालकलाई वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित पक्षले वैशाख ३१ गते दिएको उजूरीको आधारमा बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभएको छ ।

गोठाला गएको बेला वैशाख २७ गते दिउँसो भाल्जेखोला भन्ने ठाउँमा बलात्कार भएको पीडित बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते दैलेख जिल्ला अस्पतालमा भएको छ ।


अमर सुनार