बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख ३१ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यनेपाल नपा–६ का २५ वर्षीय सोनाम दुरा धिङ्दाललाई गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यलयमा वैशाख २९ गते मौखिक उजुरी  दिएका थिए ।

आरोपित घटनापछि भागेर दमौलीमा लुकेर बसेको सूचना पाएपछि लमजुङबाट गएको प्रहरी टोलीले तनहुँ प्रहरीको सहयोगमा आरोपितलाई वैशाख ३० गते दमौलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय लमजुङमा वैशाख ३१ गते लिखित उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनले जानकारी दिनुभयो ।

उहाँले आरोपितलाई थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको र अनुसन्धान पश्चात् कानूनी प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते जिल्ला सामुदायिक अस्पताल लमजुङमा गरिएको छ ।


दलबहादुर मजाकोटी